रामारोशन गाँउपालिका द्धारा ३० करोड ७० लाख पारित

होम साउद, अछाम, २ असोज ।  रामारोशन गाँउपालिकाको प्रथम गाँउसभाले ३० करोड ७० लाख बजेट पारित गरेको छ । गाँउसभाले सबै वडालाई सडक सञ्जालमा जोड्ने र जिल्लाकै प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा पर्यटन विकासलाई मुख्य प्राथमिकता दिई बजेट नीति तथा कार्यक्रम पारित गरेको हो ।

गाँउपालिकालाई प्राप्त निसर्त तथा ससर्त अनुदान, आन्तरिक आम्दानी, बिभिन्न संघ संस्थाको कार्यक्रम लगायतलाई समेटेर बजेट नीति तथा कार्यक्रम पारित गरिएको गाँएपालिका उपाध्यक्ष सरस्वती रावलले बताईन । गाँउपालिका अध्यक्ष झंकर साउद भाष्करको अध्यक्षतामा भएको गाँउसभामा जिल्ला समन्वय समिती अछामका संयोजक नरबहादुर कुवर प्रमुख अतिथी रहेका थिए । कुवरले रामारोशन क्षेत्रको विकास भए मात्रै समग्र अछाम जिल्लाको विकास सम्भव रहेको बताए । उनले रामारोशन पर्यटकीय क्षेत्रको विकास नै समृद्धिको मुल आधार भएको समेत उल्लेख गरे ।

कार्यक्रममा बिशिष्ट अतिथी रहेका नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक झपट साउद ले रामारोशन गाँउपालिकाको विकासका लागि रामारोशन पर्यटन क्षेत्रको विकास जरुरी रहेको बताए । त्यसका लागि प्याकेज कार्यक्रम ल्याँउन जरुरी रहेको तर्फ उनको जोड थियो ।

गाँउुभामा जिल्ला समन्वय समिती अछामका सदस्य खकेन्द्र साउद पनी बिशिष्ट अतिथी रहेका थिए भने बिभिन्न राजनीतिक दलका नेताहरु, सरकारी तथा गैर सरकारी निकायका प्रमुख प्रतिनिधी र सरोकारवालाको पनी उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!