दीपकराजको प्रियंकासँग  झ्याम्म–झ्याम्म

प्रचारप्रसारका लागि पूर्वको इटहरी पुगेको ‘छक्का पन्जा २’को कलाकार टोलीले दर्शकलाई हँसाउने र नचाउने काम गरे ।

फिल्मका मुख्य कलाकार दीपकराज गिरी, प्रियंका कार्की र वर्षा राउतले दर्शकलाई मनोरञ्जन बाँडे । ‘एक्सप्रेस कमेडी टुर’को नाम दिएर सुरु भएको यात्रा इटहरी पुग्दा रोचक बन्यो ।

अभिनेत्री प्रियंका र निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्मको ‘झ्याम्म–झ्याम्म’ गीतमा ठुम्का लगाउँदा दर्शकले हुटिङ गरका थिए ।

अभिनेत्री राउतले अभिनेता स्वरूपपुरुष ढकालसँग ‘नाइलनको सारीमा’ गीतमा नाचेर मनोरञ्जन गराएकी थिइन् । कार्यक्रममा कलाकार जितु नेपाल र केदार घिमिरेले कमेडी प्रस्तुति दिएका थिए । फिल्म असोज ११ गतेबाट प्रदर्शनमा आउँदै छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!