धादिङमा डेंगुका बिरामी भेटिए

धादिङ, असोज २ । धादिङमा डेंगुका बिरामी फेला परेको छन् । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीलाई रोग देखापरेपछि अरु बिरामीमा परीक्षण गर्दा बिरामी देखा परेका हुन् ।

जिल्ला अस्पतालमा आएका बिरामीको रगत परीक्षणबाट डेंगु रहेको पुष्टि भएपछि सतर्कता अपनाउन स्वास्थ्यर्मीहरुले आग्रह गरेका छन् । केही दिनअघि जिल्ला स्वास्थ्य कार्यालय धादिङमा काम गर्ने एकजानमा डेंगु रोग देखा परेको थियो ।

त्यसपछि अस्पतालमा ज्वरोको उपचारका लागि आएका बिरामीको रगत परीक्षणबाट डेंगु रोग लागेको पुष्टि भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्ण उप्रेतीले  जनाकारी दिनुभयो ।

जिल्लामा डेंगुका बिरामीको संख्य तीन पुगेको छ । यसैगरी अन्य शंकास्पद बिरामीको पनि परिक्षण भइरहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!