भोलिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा : डा.यादव

काठमाडौं, असोज १ । दुई नम्बर प्रदेशमा भोलि हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले बताएका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलन गर्दैै भोलि हुने निर्वाचनको तयारीका बारेमा उनले जानकारी दिएका हुन् ।

तराईका ८ जिल्लाहरुमा भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने उनले बताए । भोलि हुने निर्वाचनका लागि राष्ट्रका लागि योग्य व्यक्तिलाई छान्न डा.यादवले आमसर्वसाधारणसँग अपिल गरे ।

मतदान परिचयपत्र नभएकाले २०७० सालको मतदाता परिचयपत्र, नागरिकता, लालपुर्जा, सवारीसाधन चालक अनुमतिपत्र, सरकारी निकायबाट जारी गरिएका परिचयपत्र आदि देखाएर पनि मतदान गर्न सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!