सोनीसँगको ब्रेकअपपछि कपिल शर्मालाई उनीकी गर्लफ्रेन्डले पनि छोडिन्

असोज १ । भारतीय लोकप्रिय च्यानल सोनीबाट प्रशारित ‘द कपिल शर्मा शो’लाई बन्द भएको केही समय पनि वित्न नपाउँदै कपिल शर्मालाई पुनः अर्काे चोट परेको छ । त्यो हो, उनकी गर्लफ्रेन्डले पनि उनको साथ छोड्नु ।

कपिल शर्माको स्वास्थ्य अवस्था खराब भएका कारण उनको शो नै बन्द भएको सोनी च्यानलले यसअघि नै खुलासा गरिसकेको भएपनि कपिल शर्माको स्वास्थ्यवस्था भन्दा पनि उनको व्यवहारमा आएको अकारात्मक परिवर्तनका कारण उक्त शो बन्द गर्नुपरेको भारतीय संचारमाध्यमहरुले बताइरहेका छन् ।

त्यसतै उनकै व्यवहारका कारण उनकी गर्लफ्रेन्ड गिन्नी चतरथले पनि उनलाई छोडेकी छिन् । आगामी वर्ष उनीहरुले विवाह गर्ने योजना बनाएका थिए ।

तर उनीहरु अहिले छुटिएका छन् त्यसको कारण भने कपिलकै शोकी एक महिला सदस्यलाई मानिएको छ। यसअगाडी कपिलको अफयेर शो की क्रियटिभ डेट प्रीती सिमोसँग हल्ला चलेको थियो । तर कपिलले यो सब हल्लालाई चिर्दै गिन्नीसँगको प्रेम प्रस्ताव स्वीकार गरेका थिए।

भारतीय सञ्चारमाध्यम डिएनएको रिपोर्ट अनुसार शो कै कोही व्यक्ति कपिल विरुद्द लागेका छन्। तर कपिललाई भने कोहीमाथि शंका छैन।

कपिलले भने गिन्नीसँगको ब्रेकअपको बारेमा अहिल्यै केही बताएका छैनन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!