उत्कृष्ट कृषकलाई सम्मानित

काठमाडौं, असोज १ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सार्वजनिकरण तथा तर्जुमा कार्यक्रममा ५० जना भन्दा बढी उत्कृष्ट कृषक सम्मानित भएका छन् ।

परियोजनाले कृषकलाई उचाइमा पुर्याउने परियोजना प्रमुख सोमनाथ घिमिरेले बताए ।

साथै कृषि उपजको सहज विक्रिका लागि उपुक्त स्थानको खोजी गरि संचालन गरिने र सल्लाह सुझावलाई सम्बोधन गरिने कार्यक्रमकमा जानकारी दिइयो ।

कृषिको व्यवसायीकरण, औद्योगिकीकरण, यान्त्रिकीकरण, उत्पादनमा वृद्धि, गुणस्तरयुक्त उत्पादन, विषादी नियन्त्रण लगाएतमा प्राथमिकता दिइ कृषि उत्पादनको मुख्य केन्द्रका रुपमा परियोजना अगाडि बढ्नुपर्ने मेयर रेणु दाहालले बताइन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!