सबै तहको निर्वाचन पछि मात्रै संविधानले पूर्ण मान्यता पाउँछः मन्त्री साह

रौतहट, असोज १ । शहरी विकास मन्त्री प्रभु साहले सबै तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने स्पष्ट पारेको छ ।
गृह जिल्ला रौतहटमा मदतान गर्न आएका मन्त्री साहले स्थानीय तह, प्रदेश र संसदको निर्वाचन सम्पन्न भएपछि मात्र संविधानको पूर्ण कार्यान्वयन हुने बताए ।

सबै तहको निर्वाचन सम्पन्न गर्न राजनीतिक दलहरु आपसमा मिल्नुको विकल्प नभएको भन्दै मन्त्री साहले सबैले संविधानको व्यवहारिकरुपमै कार्यान्वयनमा ल्यान ध्यान दिनुपर्ने समय आएको जिकिर गरे । उनले प्रदेश र संसदीय निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको भन्दै निर्वाचन हुनन् कि भन्नेमा कसैले पनि शंका नगर्न आग्रह गरे ।

मन्त्री साहले सबै तहका निर्वाचन सम्पन्न भएपछि मुलुकमा राजनीति स्थिरि भई विकासले गति लिई समृद्धि तर्फ अघि बढने बताए ।

नेकपा माओवादी केन्द्र प्रदेश नं.२ का संयोजक समेत रहेका मन्त्री साहले रौतहट जिल्लाको मौलापुर नगरपालका वडा नं.५ को निम्न माध्यमिक विद्यालय मौलापुर बजार मतदान केन्द्रबाट मतदान गर्ने भएको छ ।

मन्त्री साहले स्थानीय तहको निर्वाचनमा मौलापुर नगरपालिकाका वडा नं.५ बाट मतदान गर्ने भएको हो । मौलापुर नगरपालिकामा ९ वडा रहेका छन । मौलापुर आफनै निवासमा रहेका मन्त्री साहले स्थानीय तहको निर्वाचनमा आम मतदातालाई सहभागी भएर मताधिकारको प्रगोग गर्न आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!