‘जनकारबाही’ भन्दै वडा सदस्यलाई मोसो

नुवाकोट, असोज १ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले नुवाकोटका एक वडा सदस्यलाई जनवारवाहीको नाममा कालोमोसो दलेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको भन्दै शुक्रबार राति मोसो दलेर दुव्र्यवहार गरेका छन् ।

कालोमोसो दलेपश्चान ‘जनकारबाही’ गरेको भन्दै नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाको हस्ताक्षरमा एक विज्ञप्ति सार्वजनिक गरिएको छ ।

पूर्व प्रहरी हवल्दारसमेत रहेका थापालाई घरमै बसिरहेको समयमा कालोमोसो दलेका हुन् ।

थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३/६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!