पोल्यान्डमा हिटलरले बन्दीहरुलाई दिने यातनाको झल्को (फिचर फाेटाे)

असोज १ । हिटलरले बन्दीहरुलाई यातना दिन बनाएको यातना गृहका दृश्य झल्काउने पेन्टिङहरु पोल्यान्डले खरिद गरेको छ ।

पोल्याण्डका डेभिड ओलरले बनाएका ति पेन्टिङहरुमा आफैलाई पनि उतारेका छन् । उनले आफूलाई पेन्टिङमा कैदीको रुपमा देखाएका छन् ।

सन् १९४३ मा पेरिसबाट अश्विच क्याम्पमा पठाइएका थिए डेभिड ओलर । उनको काम ग्यासले मारिएका मानिसको शव एकत्र पार्नु थियो ।

पोल्यान्डको दक्षिणमा रहेको कन्सनट्रेसन क्याम्प (यातना शिविर) मा १० लाख यहुदी र एक लाख गैरयहुदी नागरिकको हत्या गरिएको थियो ।

८३ वर्षको उमेरमा सन् १९८५ मा फ्रान्समा ओलरको निधन भएको थियो । पोल्यान्डका संस्कृति मन्त्रीले ओलरका १८ वटा पेन्टिङ खरिद गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!