‘सुपर डान्स सिजन–२’को स्टुडियोमा आगलागी

काठमाडौं, असोज १ । भारतको मुम्बईस्थित ‘सुपर डान्स सिजन–२’को स्टुडियो रहेको आरके स्टुडियोमा आगलागी भएको छ ।

आगलागीका कारण टेलिभिजन रियालिटी शो सुपर डान्स सिजन टू को सेट जलेर नष्ट भएको छ ।

आगो नियन्त्रण गर्न ६ वटा दमकल तथा पाँचवटा ट्यांकर प्रयोग गरिएको थियो ।

यो स्टुडियोमा राज कपुर, उनका भाइ तथा छोराछोरीले लामो समयसम्म धेरै चलचित्रको सुटिङ गरेका छन् र धेरै उत्कृष्ट चलचित्र दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!