काँग्रेस र एमालेका कार्यकर्ताबीच झडप, तीनजना घाईते

धनुषा, असोज १ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

स्थानीय तह निर्वाचनको मौन अवधिकै बेला एक–अर्काविरुद्ध निगरानी राख्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको हो ।

झडपमा एमालेका तीन जना कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये नगराईन नगरपालिका–८ का ईन्द्रदेव पासवानको अवस्था गम्भीर रहेको र उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्