यु १९ एसिया कप छनौटमा हङकङलाई हराउँदै नेपालको शानदार जीत

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट पूर्वी क्षेत्र छनौटका लागि हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले शानदार जीत हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न फाइनलमा नेपालको जीतसँगै अब नेपाल मलेसियामै हुने एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि पनि छनोट भएको छ ।

मलेसियास्थित बायुमास ओभलमा हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर १४.४ ओभरमै पूरा गर्‍यो ।

नेपालका लागि प्रनित थापा मगरले दुई छक्कासहित नटआउट १९ रन, सन्दिप सुनारले १९, अनिल कुमार साहले १६, दिपेन्द्र सिंह ऐरीले २२ रन बनाए । हङकङका लागि हरप्रतीत सिंहले ३ विकेट र जाथवेदले २ विकेट लिए ।

यसअघि टस हारेर हङकङले ३२ ओभर १ बलमा आफ्ना सबै विकेट गुमाउँदै ७६ रन बनाएको हो ।
हङकङका लागि हरप्रीत सिंहले ४५ बलमा २० रन, जाथवेदले ३२ बलमा १६ रन र वकास खानले ३८ बलमा १५ रनको योगदान दिए । हङकङका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि शाहब आलम र सन्दिप लामिछानेले तीन–तीन विकेट र अनिल कुमार साह र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिएका छन् । आजको जितसँगै मलेसियामै हुने यु १९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाल छनौट भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!