पत्रकारको क्षमता अभिवृद्धि गराउन महासंघलाई सुझाव

काठमाडौं, असोज १ । नेपाल पत्रकार महासंघ अन्र्तगतका प्रतिष्ठान शाखाका पदाधिकारीहरुले महासंघले न्यूनतम पारिश्रमिकका मुद्दामा मात्रै ध्यान नदिएर पत्रकारको सेवा सुरक्षा एंव क्षमता अभिवृदिका लागि समेत आवाज उठाउनुपर्नेम जोड दिएका छन् ।

महासंघले आयोजना गरेको महासंघको प्रतिष्ठान शाखाका अध्यक्ष, उपाध्यक्ष र सचिवसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सहभागी प्रतिष्ठान शाखाका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।

नेपाल पत्रकार महासंघ नेपाल एफ.एम.प्रतिष्ठान शाखाका अध्यक्ष वैकुण्ठ ढकाल धारणा राख्दै

सञ्चारग्रामस्थित महासंघको सभाहलमा भएको कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकारको हक हितका निम्ति सूचना विभाग, प्रेस काउन्सिल, न्यूनतम पारिश्रमिक समिति लगायतका सरकारी निकायहरुको सहकार्यमा अनुगमनमा जाने जानकारी गराए । उनले सरकारी नियमअनुसार पत्रकारको सबभन्दा तल्लो तहको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय रहेको प्रष्ट्याए ।

अध्यक्ष आचार्यले पत्रकार महासंघको शाखाहरु पत्रकारको हक हितका निम्ति लड्ने संस्थाका रुपमा स्थापना गरिएको हुँदा पत्रकारका जायज मागका लागि केन्द्रको आदेश नपर्खिन आग्रह गर्दै त्यसमा केन्द्रको ऐक्यवद्धता हुने पनि उल्लेख गरे ।

अध्यक्ष आचार्यलेले प्रतिष्ठान शाखा उपस्थित पदाधिकारीहरुलाई आफ्नो अधिकार पाउन आफै लड्नुपर्ने भन्दै जो अन्याय सहेर बस्छ त्यसले कहिल्यै पनि न्याय पाउन नसक्ने धारणा राख्दै सञ्चार गृहले पत्रकारलाई ८ घण्टा काममा लगाएर कुनै पनि बहानामा न्यूनतम पारिश्रमिक तथा नियुक्तिपत्रबाट बञ्चित गरिन नहुने बतए ।

कार्यक्रममा महासंघका सचिव रामप्रसाद दाहालले न्यूनतम पारिश्रमिक लगायत श्रमजीवी पत्रकारको सेवा–सर्त र सुविधाको विषयमा कुनै पनि हालतमा सम्झौता हुन नसक्ने बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!