प्रचण्ड काठमाडाैँ फर्केपछि माअाेवादीकाे दावी: ‘मधेसमा ५५ सिट जितिन्छ’

काठमाडौं, असोज १ । नेकपा माअाेवादी केन्द्रले मधेसमा ५५ सिट जित्ने दावी गरेकाे छ । यसअघि ४७ सिट जित्ने अा‌ँकलन गरेकाे माअाेवादी केन्द्रले अध्यक्ष प्रचण्ड हप्ताैसम्मकाे मधेस यात्रा गरेर काठमाडाैँ फर्केपछि यस्ताे दावी गरेकाे हाे ।

१२ भदाैदेखि लगातार मधेसकाे चुनावी सभामा खटिएका प्रचण्डले त्यसक्रममा प्रचण्डले दैनिक आधा दर्जनभन्दा बढि चुनावी सभाहरुलाई सम्बोधन गर्दै आफ्ना उम्मेदवारका पक्षमा मत मागेका थिए ।

माओवादीले आन्तरिक रुपमा सर्लाही, रौतहट, महोत्तरी, सिरहा र सप्तरीमा राम्रो आफ्नो पक्षमा राम्रो मत आउने आशा राखेको छ।

माओवादी केन्द्रका एक नेताले भने,‘हामीले आन्तरिक रुपमा सर्लाहीमा ७, सप्तरीमा ६, रौतहटमा ६, महोत्तरीमा ५ र सिरहामा ६ स्थानीय तह जित्ने आंकलन गरेका छौं।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!