थवाङ गाउँपालिकाका अध्यक्ष अपहरण मुक्त

रोल्पा, असोज १ । रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती अपहरणमुक्त भएका छन् ।

अपहरणमा परेका घर्ती अपहरणमुक्त भएका हुन् । अध्यक्ष घर्तीलाई नेपाल कम्युनिष्ट पार्टीले शनिबार साँझ ७ बजेतिर रोल्पा नगरपालिका–१० भनभनेबाट पत्रकारको जिम्मा लगाए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले फोन गरेर पत्रकारलाई बोलाई घर्तीलाई जिम्मा लगाएका हुन् ।

अध्यक्ष घर्तीलाई आज आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!