चीनकाे चेतावनी: उत्तर कोरियालाई धम्की नदेउ

काठमाडौं । चीनले उत्तर कोरियामाथि धम्की नदिन आग्रह गरेको छ । अमेरिकासँग चीनले यस्तो आग्रह गरेको हो । अमेरिकाका लागि चिनियाँ राजदुत कुई तियनकाइले अमेरिकासँग उत्तर कोरियालाई थप धम्की नदिन आग्रह गरेका थिए ।

शुक्रबार  उत्तर कोरियाले जापानतर्फ अर्को मिसाइल प्रहार गरेपछि  अमेरिका थप आक्रोशित बनेको थियो । अमेरिकाको टिप्पणीपछि चिनियाँ राजदुतको यस्तो आग्रह आएको थियो । ‘अब धम्की दिने काम बन्द गर्नुपर्छ,’ उनले भनेका छन्,‘वार्तामार्फत समस्या समाधानमा जोड दिनुपर्छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!