एमालेका एक उम्मेदवारको दोहोरो नागरिकता

बारा, भदौ ३१ । बारामा जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेका तर्फबाट वडाध्यक्षका एक जना उम्मेदवारको दोहोरो नागरिकता भेटिएको छ ।

प्रशासन कार्यालयले निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्षका एमालेका उम्मेदवार जयराम कुनवरको दोहोरो नागरिकता रहेको जनाएको छ ।

कुनवरको दोहोरो नागरिकता भेटिएपछि पछिल्लो पटक लिएको नागरिकता खारेज गरिएको बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिए ।

कुनवरले जुन नागरिकताको प्रतिलिपी पेश गरेर मनोनयन दर्ता गराएका थिए त्यही नागरिकता खारेज भएको छ ।

कुनवरले २०६३ माघ २१ गते घुम्ती टोलीमार्फत निजगढ–४ बाट लिएको ३३३१०११र५९९ नम्बरको नागरिकता लिएका थिए भने यसअघि २०६० वैशाख १४ गते पहिलो पटक ईलाका प्रशासन कार्यालयबाट जयराम कुँवरको नाममा ९६७३ नम्बरको नागरिकता लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!