काठमाडौं म्याराथनको उपाधि सशस्त्रका गोपीलाई

काठमाडौं, भदौ ३१ । काठमाडौं म्याराथनको उपाधि सशस्त्र प्रहरीका गोपिचन्द्र पार्कीले जितेका छन् ।

शनिबार राजधानीमा भएको दौड उनले २ घन्टा २३ मिनेट ५६ सेकेण्डमा पूरा गरी उपाधी हात पार्न सफल भएका हुन् ।

नेपाल आर्मीका होमलाल श्रेष्ठ दोश्रो भए । उनले २ घण्टा २४ मिनेट १३ सेकेण्डमा दौड पूरा गरे ।

महिला तर्फ सरिता वासी पहिलो भइन् । उनले ३ घन्टा २६ मिनेट ५६ सेकेन्डमा दुरी पूरा गरिन् ।

पहिलो हुने पार्की र वासीले समान ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा हाफ म्याराथन, पाँच किलिमिटर खुला तथा विद्यार्थी, ह्वील चियर दौड पनि गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!