काश्मिरमा गोली हानाहान, दुईको मृत्यु

श्रीनगर, भदौ ३१ । भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकूको मृत्यु भएको छ ।

श्रीनगरदेखि एक सय ६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

लडाकूहरु भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरु माथी कारबाही गरिएको भारतीय सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

‘हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकूहरुलाई सुरक्षा फौजले कारबाही भारतीय सेनाले जनाएको छ ।

घटनास्थल क्षेत्रमा अहिले सुरक्षा कारबाही जारी छ । हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ । दुवै पक्षले उक्त ठाँउ आफ्नो भएको दावी गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्