चिलिमेकाे निर्माण चाँडाे सक्न कुलमानकाे निर्देशन

रसुवा, भदाै ३१ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले चिलिमे जलविद्युत् कम्पनीमार्फत निर्माण भइरहेका ३ वटा आयोजनाहरुका स्थलगत निरीक्षण गरेका छन् ।

त्यसक्रममा  घिसिङले तोकिएको समयमा निर्माण सम्पन्न गर्न आयोजना प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

प्राधिकरण प्रमुख घिसिङल निर्माणस्थलमै पुगेर प्रगतिबारे जानकारी लिएका छन् । भूकम्पका कारण केही समय रोकिएको आयोजनमा अहिले तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुखहरुले बताएका छन् ।

चिलिमेले १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४५.५ मेगावाटको सञ्जेन र १ सय ११ मगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । जसमा कम्पनीका साथै विद्युत प्राधिकरण, रसुवाबासी र सर्वसाधारणको सेयर लगानी छ ।

चिलिमेले सञ्जेन र रसुवागढी आयोजनाबाट सन् २०१९ को डिसेम्बरसम्म विजुली उत्पादन गरिसक्ने लक्ष्य लिएको छ । माथिल्लो साञ्जेन पनि सन् २०१८ को डिसेम्बरसम्म सक्ने लक्षको साथ काम गरिरहेको छ ।आयोजनाहरुमा सुरुङ, बाँधस्थल र पावरहाउस निर्माणको काम भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!