लागु औषधसहित युवक पक्राउ

काठमाडौँ,  भदौ ३१ । प्रहरीले लागु औषधसहित आज नागढुङ्गा चेकपोस्टबाट एक युवकलाई पक्राउ गरेको छ ।

राजविराजबाट काठमाडौँ आएको ना ५ ख ५३१४ नम्बरको बसमा सवार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ का २४ वर्षीय सरोजकुमार यादवलाई नागढुंगामा जाँच गर्दा उनको साथबाट फेनागरन १५० एम्पुल, डाइजेपाम १५० एम्पुल, लुपिजेसिक १ सय ५० एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!