अागामी मंसिरकाे चुनावमा माअाेवादी केन्द्र नै पहिलाे हुने प्रचण्डकाे दावी

रुकुम, भदौ ३१ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो संविधानसभाको निर्वाचनमा पहिलो पार्टी रहेको माओवादी केन्द्र आफ्नै अहंकारले तेश्रो बनेको बताएका छन् ।

पूर्वी रुकुमको सिस्ने गाउँपालिकाको रुकुमकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, “जनयुद्धमा जनताका बीचमा हामी थियौँ, उत्पीडित वर्गको साथी बनेर अघि बढ्यौँ, शान्ति प्रक्रियामा आइसकेपछि संगठनले जसरी जनताका बीचमा जानुपर्ने हो, त्योअनुरुप जान सकिएन, फलस्वरुप स्थानीय तहको चुनावमा सन्तोषजनक परिणाम आएन, तर पनि हाम्रो ऐजेण्डा जितेको छ ।”

उनले अब काँग्रेस, एमालेले जिते पनि संघीयता खारेज गर्छु भन्न सक्ने अवस्था नरहेको बताए । उनले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने दावी गर्दै पछिल्लो समयमा मधेश, तराई, पहाड र हिमाल सबैतिर माओवादी केन्द्रमा फर्कनेको ठूलो लहर रहेकाले अब हुने निर्वाचनमा यो ठूलो पार्टी हुने बताए ।

अध्यक्ष प्रचण्डले भने, “आफूहरुले चलाएको जनसत्ताको वैधानिक रुप नै अहिलेको स्थानीय सरकार भएको छ, कसैले माने पनि नमाने अहिलेको स्थानीय तह हिजोका जनसत्ता नै हुन्, तपाईहरु राम्रोसँग बुझ्नुहोला, अनि काम पनि त्यसरी नै गर्नुहोला ।”

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!