अभिनय असफल भएपछि नीता फिलिम बनाउने धुनमा

भदाै ३१ । चलचित्रमा अभिनय गर्ने कलाकारहरुमध्ये रेखा थापा, करिश्मा मानन्धर, झरना थापा, शिल्पा पोखरेल, निशा अधिकारी लगायतका नायिकाहरु निर्मात्री बनिसकेका छन् । त्यस्तै निर्मात्रीहरुको भीडमा अर्की नायिका पनि थपिने घोषणा गरेकी छिन् । कतिलाई फिल्म निर्माणबाट सफलता मिलेको छ त कतिलाई कंगाल पनि बनाएको छ ।

बिहीवार २५ औं जन्मदिनको केक काट्दै नीताले आफ्नो फिल्म प्रोडक्शन हाउस लञ्च गरेकी छिन् ।

उनीद्वारा पछिल्ला केही फिलिमहरु लगातार असफल भएपनि उनी भने कत्ति पनि चिन्तित छैनन् । नीताले बिहीवार पत्रकारसँग आफ्नो ‘बर्थ डे’ केक काट्दै यसै वर्ष ‘नीता फिल्म प्रोडक्शन’बाट फिल्म निर्माण गर्ने बताइन् ।

नीताले आफू अभिनयबाट असफल भएका कारण आफ्नै प्रोडक्सन हाउसबाट फिलिम निर्माण गर्ने उनले घोषणा गरिन् ।

आफ्नो ब्यानरबाट निर्माण हुने फिल्ममा आफ्ना अभिनय रहने वा नरहने भन्ने कुराबारे भने केही खुलाइनन् ।

कार्यक्रममा नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदय, चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दिप सापकोटा, नायिकाहरु रुपा राणा, झरना थापा, अनु शाह, सम्पदा बानियाँ, सुरविना कार्की लगायत उपस्थित थिए ।

बाल कलाकार हुँदै स्वर्गीय दीपक रायमाझीको चलचित्र ‘चाडै आऊ’बाट नेपाली रजतपटमा नव-नायिकाको रुपमा भित्रिएकी नीताले त्यसपश्चात झण्डै २ दर्जन फिल्ममा अभिनय गरिसकेकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!