एनसेल टावरमा अज्ञात समूहले गरे आगजनी

रौतहट, भदौ ३१ । रौतहटको चन्द्रपुर नगरपालिका २ कलटोलमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

एनसेल टावरको केवल तारहरुमा आगजनी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकाले जनाएको छ ।

आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी बताए ।

टावरमा क्षति पुग्ने गरिकुनै किसिमको गतिविधि नगर्न एनसेलले सबैलाई सतर्क गराएको छ । एनसेलको टावरमा आगजनी भएपछि सो भेगका करिब हजारौं प्रयोगकर्ता सञ्चार सेवाबाट बन्चित भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!