नेपाल यु–१९ एसिया कप क्रिकेट छनौट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं, भदौ ३१ । एसीसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा आज भएको नेपाल मलेसियाबीचको भिडन्त समाप्त भएको छ ।

शनिवार भएकाे खेलमा घरेलु टिम मलेसियालाई १० विकेटले हराउँदै नेपाल एसिया कप क्रिकेट (पूर्वी क्षेत्र) छनौट प्रतियोगिताको फाइनलमा पनि प्रवेश गरेको हो ।

घरेलु टोली मलेसियाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपालले २३ ओभर एक बलमा बिना विकेटको क्षतिमा भेट्टाएको हो ।

नेपालले उपाधिका लागि सिंगापुर र हङ्गकङ्गमध्ये एक टिमसँग खेल्नेछ । दोश्रो सेमिफाइनलमा यी दुई टीम पनि अहिले खेलिरहेका छन् । पराजित भएपनि आयोजकका रुपमा मलेशिया एसिया कप खेल्न पाउनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!