चुनाव केन्द्रित नेपाल–भारत सीमानाका बन्द

काठमाडौ, भदौ ३१ । असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित नेपाल भारत सीमानाका बन्द हुने भएको छ ।

निर्वाचन सुरक्षालाई ध्यानमा राखी शनिबार राति १२ बजेदेखि २ नम्बर प्रदेश अन्तर्गतका भारतीय सीमानाका बन्द ७२ घण्टाका लागि बन्द गरिने भएको छ ।

निर्वाचनमा सीमापारिबाट घुसपैठ हुन सक्ने भएकाले सीमा बन्द गर्न लागिएको गृह मत्रालयले जनाएको छ ।

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनका लागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

विस्फोटक पदार्थ तथा हातहतियारको नियन्त्रण गर्न आठवटै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन गरी दिनभर जाँच हुने गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत केही समूहले निर्वाचन विथोल्न शंकास्पद गतिविधि गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!