आज नेपाल र मलेसियाको भिडन्त, नेपालले पायो १२२ रनको लक्ष्य

काठमाडौं, भदौ ३१ । एसीसी यू–१९ पूर्वी क्षेत्रीय छनोट क्रिकेट प्रतियोगितामा नेपाल र मलेसियाबीच भिडन्त हुँदैछ । प्रतियोगिताको सेमिफाइनलमा नेपालले एक सय २२ रनको लक्ष्य पाएको छ ।

नेपालले समूह चरणको तीनै खेलमा जित निकाल्दा बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए । मलेसियाको घरेलु मैदानमा नेपाली युवा क्रिकेटर आत्म विश्वासी देखिएका छन् । टस जितेपछि पहिले घरेलु टोली मलेसियालाई ब्याटिङका लागि बोलाएको नेपालले ४२ ओभरमा मलेसियालाई एक सय २१ रनमा आउट गरेको हो ।

मलेसियालाई सामान्य लक्ष्यमा सिमित गर्न नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे । उनले ५ विकेट लिए । पवन सर्राफले २ तथा, रोहितकुमार पौडेल, साहव आलम र सन्दिप लामिछानेले एक एक विकेट बाँडे ।

८ ओभर बलिङ गर्दा दिपेन्द्रले २९ रन खर्चिए । १० ओभर बलिङ्ग गरको साहवले २ विकेट लिन ३८ रन खर्चिए । सन्दिपले १० ओभरमा १३ रन मात्र दिएर किफायती बलिङ गरेपनि विकेट भने एक भन्दा बढी लिन सकेनन् ।

मलेसियाले १५ रन बनाएको अवस्थामा नेपालका लागि रोहितकुमार पौडेलले पहिलो विकेट लिंदै शानदार शुरुवात गराएपनि दोश्रो विकेटका लागि बलरले धेरै पसिना बगाउनुपर्‍यो ।

थप ४९ रन खर्चिएपछि बल्ल नेपालले मलेशियाको दोश्रो विकेट लिन सक्यो । बलर थिए साहव आलम । त्यसपछि बलिङ गर्न आएका कप्तान दिपेन्द्रसिंह ऐरीले लगालग ४ विकेट लिएका छन् । दिपेन्द्रले तेश्रो, चौथो, पाँचौ र छैटौ विकेट लिदै मलेशियाको इनिङलाई तनावमा र खेलाडीलाई दबाबमा पारे । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यो खेलको विजेताले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टीमसंग खेल्नेपर्नेछ । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेलिरहेका छन् ।

खेलको अपडेटका लागि मोबाइलमा सिआरआइ टाइप गरि ३५५६६ मा एसएम गर्न सकिन्छ । यो खेलको विजेताले उपाधिका लागि सिंगापुर र हङकङ मध्ये एक टिमसँग खेल्नेपर्नेछ । अर्को सेमिफाइनलमा सिंगापुर र हङकङ खेलिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!