नेकपा माओवादी नवलपरासीका सेक्रेटरी प्रहरी नियन्त्रणमा

नवलपरासी, भदौ ३१ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नवलपरासी सेक्रेटरीलाई प्रहरीले पक्राउ गरेको छ ।

विहीबार मालपोत कार्यालय कावासोतीका प्रमुख खगेन्द्रराज घिमिरेलाई कालोमोसो लगाइदिएको घटनाको छानबिनका क्रममा सेक्रेटरी चित्तलसिंह रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपा सक्रेटरी रानालाई आज बिहान नवलपुर प्रहरीले पक्राउ गरेको हो । देवचुली नगरपालिकास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले बिहान ३ बजे पक्राउ गरेको होे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!