नेपालले भने, ‘एमालेलाई जिताउनुहोस्, एमालेले तराईमा विकास गर्छ’

रौतहट, भदौ ३० । नेकपा (एमाले)का नेता माधवकुुमार नेपालले आगामी असोज २ गते हुुने तेस्रो चरणको स्थानीय निर्वाचनमा एमाले नै पहिलो पार्टी बन्ने बताएका छन् ।

गृह जिल्ला रौतहटको बौधीमाई नगरपालिकाअन्तर्गत इनरवामा आयोजित चुुनावीसभालाई सम्बोधन गर्ने क्रममा तराईमा एमालेप्रति जनलहर
चलेको बताए ।

तेस्रो चरणको स्थानी निर्वाचनका क्रममा आफू जनताबाट लखेटिएको सम्झनाहरु ताजै रहँदा पनि नेता नेपालले आफूहरुलाई जनताले माया गर्ने भन्दै निर्वाचनमा भोट माग्दै थिए । नेता नेपालले भने, ‘चुनावमा एमालेलाई भोट हालेर जिताउनुहोस्, एमालेले नै तराईको विकास गर्नेछ’ भन्दै आश्वासन दिँदै थिए । आगामी पाँच वर्षभित्र रौतहटलाई कच्ची सडकमुक्त गराइने घोषणा गरे ।

उनले विपक्षीले एमालेलाई मधेश विरोधी भनेर गलत भ्रम फैलाएका भन्दै त्यस्ता भ्रममा नपरेर निर्वाचनमा एमालेलाईं जिताउन आग्रह गरेका छन् ।

मधेशको विकासका लागि काम गर्दै जाँदा केन्द्रबाट अर्बौ लगानी गर्न एमालेको सरकार तयार रहेको भन्दै भोट एमालेलाई नै दिन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!