मौन अवधि सुरु, के के गर्नुहुन्न ?

काठमाडौं, भदौ ३० । दुई नम्बर प्रदेशमा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि शुक्रबार रातीबाट मौन अवधि सुरु हुँदैछ ।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता एवं सम्पूर्ण सञ्चारजगतले कुनै प्रकारका चुनावी प्रचार प्रसार गरे कारवाही भोग्नुपर्ने निर्वाचन आयोगले बताएको छ ।

निर्वाचनका लागि सम्पूर्ण तयारी पूर्ण भएको निर्वाचन आयोगले जनाएको छ । भारतसँग जोडिएको खुला सीमानाका कारण बढी त्रासदी भएपनि सुरक्षा व्यवस्था पनि कडा पारिएको गृहमन्त्रालयले जनाएको छ ।

निर्वाचन आयोगको आज बसेको वैठकले निर्वाचन मौन अवधिका बेला चुनावी घर दैलो तथा फेसबुक तथा कुनै पनि सामाजिक सञ्जालबाट प्रचार गर्न नपाइने भएको छ ।

यदि त्यस्तो नियमको पालना नगरी मौनअवधिको उलंघन भएको पाइएमा सामान्यतया निर्वाचन आचारसंहिता उल्लङघन सम्बन्धि कारबाही निर्वाचन आयोगका आयुक्त डा.अयोधी प्रसाद यादवले बताएका छन् । कसैले पनि मौनवधि विपरित काम गरे सुरुमा स्पष्टिकरण सोध्ने र एक लाखसम्म जरीवाना हुने उनले बताए ।

मौन अवधिमा गर्न नहुने काम

१. निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने ।

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।

५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!