मालपोत कार्यालय प्रमुखमाथि कुटपीट

कपिलवस्तु, भदौ ३० । कार्यालय समय सकिएर घर फर्किने क्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख ईश्वरीप्रसाद शर्मामाथि नचिनेका मान्छेको समूहले आक्रमण गरेको छ ।

तौलिहवा जितपुर सडक खण्डको पचेहरा र मर्थीको बिच सडकमा नचिनेका दुई जना मान्छेको समूहले शर्मामाथि अक्रमण गरेको हो । आक्रमणबाट शर्मा घाइते भएका छन् ।

कार्यालय प्रमुख शर्मालाई मोटरसाइकल चलाएकै अवस्थामा लाट्ठी प्रहार गरिएको थियो । मोटरसाइकल अनियन्त्रित भई पल्टदा शर्मामाथि थप कुटपिट समेत गरेका प्रहरीले जनाएको छ ।

कार्यालय प्रमुख शर्माको हातमा चोट लागेको र अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!