निगमका प्रमुख खड्कालाई निलम्बन गर्न पत्रकार

काठमाडौं, भदौ ३० । नेपाल आयल निगमले जग्गा खरिद गर्दा अनियमितता भएको प्रमाण पाएपछि व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिले निगमका प्रमुख गोपाल खड्कालाई निलम्बन गर्न पत्रचार गरेको छ ।

शुक्रवार बसेको समितिको बैठकले खड्कालाई निलम्बनका लागि आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको हो । समितिको उपसमितिले तयार पारेको प्रतिवेदनलाई मान्यता दिँदै समितिले अनियमितता भएको पुष्टि गर्दै खड्कालाई निलम्बनका लागि पत्राचार गरेको हो ।

छानविनले अनियमितता भएको ठहर गरेको र उपभोक्ता हित संरक्षण समितिले समेत निगमले अनियमितता भएको पुष्टि गरेको हो । साथै समितिले निगमका खड्कालाई कारबाही गर्न सिफारिस गर्दै घटनामा संलग्न रहेका अन्य कर्मचारीहरुलाई समेत कारवाही गर्न मन्त्रालयलाई पत्राचार गरेको छ ।

घटनामा दोषाी पाइएपनि खड्काले कार्यलय पुगेर आफनो काम गरिरहेकाले तत्काल निर्देशक पदबाट निलम्बन गर्न समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!