लन्डन भुमिगत रेलमार्ग विस्फोटमा १८ जना घाइते

भदौ ३० । दक्षिण-पश्चिम लण्डनमा शुक्रबार रेलमा भएको विस्फोटलाई आतंकवादी घटनाका रुपमा हेरिएको प्रहरीले जनाएको छ।

मेट्रोपोलिटन प्रहरीका सहायक कमिस्नर मार्क रोलीले विस्फोट गराइएको वस्तु ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ (आइइडी) भएको बताए।

घटनामा घाइते भएका १८ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।

‘पार्सन्स ग्रीन स्टेशन’स्थित खुल्ला ठाँउमा रहेको उक्त रेलको एक डिब्बामा विस्फोट हुँदा अागाेकाे लप्काले पाेलेर उनीहरु घाइते बनेका संचारमाध्यमहरुले बताएका छन् ।

उक्त घटनालाई वेलायती प्रतिआतंकवाद यूनिटले शुक्रबार भुमिगत रेलमार्गमा भएको बम विस्फोटलाई आतंकवादी हमलाको रुपमा अनुसन्धान अगाडी बढाएकोे छन् ।

विस्फोटलगत्तै यात्रुहरुबीच भागदौड मच्चिदा ती यात्रुहरु घाइते भएको ‘ट्रान्सर्पोट फर लन्डन’ले ट्वीटरमार्फत जनाएको छ ।

लन्डन आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसा मेले आपतकालिन वैठक डाक्दै घाइतेको उपचार गर्न र घटनाको तत्काल अनुसन्धान अगाडी बढाउन आग्रह गरेकी छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!