नेपाललाई अमेरिकाकाे ५० अर्ब बढी सहयोग मिल्ने

काठमाडौ, भदौ ३० । अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ सहयोग गर्ने भएको छ । अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत नेपाललाई सो रकम उपलब्ध हुने भएको हो ।

अमेरिकमा एक कार्यक्रमका बीच अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका निमित्त प्रमुख कार्यकारी अधिकृत जोनाथन नासले सो सहयोगसम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् ।

अमेरिकाले दिने ५० अर्ब सहयोगमा नेपाल सरकारले १३ अर्ब थप गरी विद्युतको प्रसारण लाइन र सडक मर्मतमा खर्च गर्नेछन् ।

सहयोग रकमबाट करिब ३ सय किलोमिटर लामो उच्च भोल्टेज विद्युत लाइन निर्माण गरिनेछ । त्यस्तै तोकिएको स्थानमा सडक मर्मतपछि नयाँ सडक निर्माणमा समेत खर्च हुने सम्झौतामा उल्लेख छ । यो एमसिसिबाट दक्षिण एसियामै सबैभन्दा ठूलो सहयोग हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!