गर्भावस्थामा व्यायाम कसरी गर्ने ?

– डा. बालकृष्ण साह

शरीरलाई फिटनेस राख्नका लागि व्यायाम जरुरी हुन्छ । नियमित व्यायाम गर्ने मानिसहरु स्वस्थ अनि फुर्तिलो पनि हुन्छ् । त्यस्तै महिलाहरुले गर्भावस्थामा व्यायाम गर्न मिल्छ कि मिल्दैन ? मिल्ने भए कसरी गर्ने भन्ने जिज्ञासालाई डा. बालकृष्ण साहले जवाफ दिएका छन् । गर्भाअवस्थामा पनि पहिलाहरु व्यायाम गर्न सक्छन् । तर, यस्तो अवस्थामा पेटमा धेरै असर गर्ने, भारी बोक्ने र धेरै शक्ति खर्चिने व्यायाम गर्न मिल्दैन । गर्भवती महिलाहरूले हल्का खालका व्यायामहरू जस्तै— मर्निङ वाक, घरका सामान्य कामकाज, करेसाबारीको काम गर्दा रक्तसञ्चार राम्रो हुने भएकाले फाइदाजनक हुन्छ ।

गर्भवती महिलाहरूले चौबीसै घण्टा आराम मात्र गर्नु हुँदैन । यद्यपि कुनै जोखिममा रहेका गर्भवतीहरूले कुनै पनि व्यायाम गर्न नमिल्ने हुन सक्छ । विशेषगरी पहिलो तीन महिना र अन्तिमको तीन महिना अलिक बढी जोखिम हुने भएकाले उक्त समयमा आराम बढी गर्नुपर्ने हुन सक्छ ।
साह स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!