महिलालाई अगाडि बढ्न आर्थिक पाटो बलियो हुनुपर्ने राष्ट्रपतिको जोड

काठमाडौँ, भदौ ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको नीति निर्माण तहमा समान सहभागितासँगै आर्थिक सशक्तीकरणमा जोड दिएकी छिन् ।

पत्रकार मञ्जु कार्कीद्वारा निर्माण गरिएको ‘नेपाली महिलाको संघर्ष र सफलता’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले महिला अगाडि बढ्नका लागि आर्थिक पाटो सबैभन्दा बलियो हुनुपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले छोरा र छोरीबीच कत्ति पनि विभेद नगरी समान शिक्षा र व्यवहार गर्नसमेत अपिल गरिन् ।

विभिन्न चरणमा भएका संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्तिका लागि महिलाले संयुक्त रूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै राज्यका हरेक संरचनामा महिलाको समान सहभागिताका लागि भएका ऐन÷कानूनको कार्यान्वयनसँगै नयाँ कानून निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!