यसकारण चामलको भाउ बढ्योः दालको घट्यो

काठमाडौं, भदौ ३० । तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन् । व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन् । चामलको उपभोक्ता मूल्य पनि बढेको छ ।

थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेका छन् । थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन् ।

दालको मूल्य

दालको तुलनात्मक मूल्य घटेको छ । असारको तुलनामा भदौमा केही मूख्य दालको मूल्य घटेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!