स्मार्टफ़ोनको प्रचण्ड मोह (फोटो फिचर)

सर्लाही, भदौ ३० । झमझम पानी, मोबाइल भिज्ने डर । तर प्रचण्डको तस्विर र भाषणको भिडियो बनाउने रहरका अगाडि प्रतिकूल मौसमको अर्थ छैन ।

सर्लाहीको हरिवनमा निक़ै ठुलो वर्षा भइरहेको अवस्थामा प्रचण्ड मञ्चमा उक्लिए । अनि एकाएक देखा परे स्मार्टफ़ोनहरू । तस्विर लीन चाहनेहरूमा पुरुष भन्दा महिलाहरू बढ़ी रहर गरिरहेका थिए ।

‘ओ दाईं छेक्कियो के, अली छेउ सरीदिनु न’ प्रचण्डको छेउमा उभिएका सुरक्षाकर्मीसँग एक जना महिलाले अनुरोध गरिन । सुरक्षाकर्मी पर सरेपनि, तर ती महिलाले फ़ोन तेर्स्याउन नपाऊँदै अर्कों महिला भीड़लाई पेलेर अगाडि पुगिन् ।

पहाडी, मधेशी, मुश्लिम र जनजाति समुदायको मिश्रित बसोबास भएको हरिवनमा प्रचण्डलाई हेर्न र भाषण सुन्न बिहान ८ बजेदेखि नै जनता झूम्मिएका थिए । प्रचण्ड ९ बजे यहाँ आइ पुगे तर ठूलो पानी परेकोले तत्काल कार्यक्रम सुरु हुन सकेन ।

नेता डा.चाराज वाग्ले, मेयरका उम्मेदवार कमल बुढ़ाथोकी लगायतले प्रचण्डलाई छेउकै सामुदायिक अस्पतालको कार्यालयमा एक छिन ओत लाग्न लगेर गए ।
पानी रोकिने छाँट नभएपछि प्रचण्डले जनतालाई सम्बोधन सुरु गरे र सुरु भयो तस्बीर र भिडियोको शृंखला ।

मधेशको हरिवनको दृश्य सबै ठाऊमा उस्तै देखिने । भासन भन्दा पनि फ़ोटो र भिडियो खिचने रहर । धनुषाका केही ठाऊँमा स्मार्टफ़ोन नहुनेहरूले पुरानो एक इंच डिस्प्ले भएको मोबाइलबाट समेत फ़ोटो र भिडियो रेकर्ड गरेको देखियो ।

‘फ़ोटो खिचिदिनु त दाई’ धनुषाको सलेबामा खाना खाने बेला प्रचण्डसँग सेल्फ़ी खिच्ने अवसर पाएका एक तन्नेरीले मलाई मोबाइल समात्न दिए । स्मार्टफ़ोनका पारखी हाम्रा लागि यो हाँसोलाग़्दो बिषय थियो । तर उनका लागि भने त्यों सय पिक्सेल पनि ना भाको तस्बीर ऐतिहासिक थियो ।

मधेशका गाऊँबस्तीमा प्रचण्डलाई हेर्न मात्र सभामा ओईरिनेहरू देखिए । धनुषाको यदुकुहामा ७०, ८० वर्षका वृद्धहरू प्रचण्ड हेर्न मात्रै आएका थिए ।

शब्द र तस्वीर: गोकर्ण भट्ट

(हरिवन सर्लाहीबाट)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!