सि.जी. इलेक्ट्रोनिक्स महाकुम्भ मेला

काठमाडौं, भदौ ३० । हिन्दुहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी यसपालि चौधरी गु्रपको घरायसी सामाग्रीको नेपालमा आधिकारिक बिक्रेता रहेको सिजी इलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्स महाकुम्भ मेला आयोजना गर्ने भएको छ ।

टंगालस्थित कम्पनीको आफ्नै सोरुम सिजी डिजिटलमा भदौ ३१ गतेदेखि असोज ७ गतेसम्म चल्ने मेलामा ग्राहकहरुले विभिन्न घरायसी सामाग्रीहरुको प्रत्यक्ष अवलोकन गर्न पाउनुका साथै, खरिद गरेमा आकर्षक नगद छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

उक्त मेलामा अन्य थुप्रै कार्यक्रमहरुको आकर्षण रहेको साथै अवलोकन गर्न आउने ग्राहकहरुलाई हरेक दिन ‘लक्की ड्र’ मार्फत विभिन्न उपहारहरु पनि पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!