अखिल क्रान्तिकारीका सबै केन्द्रीय नेता मधेशमा

सर्लाही, भदौ ३० । प्रदेश नम्बर दुईको चुनाव माओवादी केन्द्र पार्टीलाई मात्र होईन उसको भातृ संगठन अखिल क्रान्तिकालाई समेत लागेको छ।

भर्खरै २१ औं राष्ट्रिय सम्मेलन सकेर नवनिर्वाचित टिम दुई नम्बर प्रदेशका आठ वटै जिल्लामा सटिएको छ।

रौटहटमा अखिल क्रान्तिकारीको केन्द्रीय टिम उपाध्यक्ष तिलकराज भण्डारीको नेतृत्वमा सचिव पवन बिष्ट सचिव गंगा दाहाल लगायत १२ जनाको टिम रौटहटमा परिचालन भएको छ।

सिराहामा दीपेश पुनको नेतृत्वमा, इन्द्र भूसाल, सर्लाहीमा सुरेन्द्र बस्नेत, नेतृत्वमा सप्तरी, धनुषामा रविकिरण यादव, पर्सामा दीपक देवकोटा, बारामा पंचा सिंह, महोत्तरीमा बिजय गौतमलगायतका नेताहरू सक्रिय छन ।

बिध्यार्थी नेताहरूले मतदाता शिक्षा लगायत घरदैलो अभियान चलाएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!