आजैबाट देशभर चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा

भदौ ३० । आज शुक्रबारदेखि काठमाडौँ लगायत देशभरका हलहरुमा नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ प्रदर्शनमा आएको छन् । नितिन चन्द निर्देशित ‘जोनी जेन्टलम्यान’ यो साताका लागि फ्रेस रिलिज हो ।

चलचित्र ‘जोनी जेन्टलम्यान’ मा पल शाह र आँचल शर्मा अभिनित सिनेमा पछिल्लो समय चर्चामा रहेको सिनेमा हो । गीत, संगीत र ट्रेलरका कारण चर्चामा रहेको सिनेमालाई एनड्रिउ पौडेल र अजय मल्लले निर्माण गरेका हुन् ।

सिनेमा देशभरका ६० भन्दा बढी हलहरुबाट प्रदर्शनमा आएको हो । पल र आँचलको क्रेजले सुरुवाती दिनमा दर्शक हलसम्म आउँने आँकलन गरिएको छ । त्यसपछिका दिनमा भने दर्शकको माउथ पब्लिसिटीमा सिनेमाको व्यापार भरपर्ने छ ।

पलका ‘नाइँ नभन्नु ल ४’ र ‘म यस्तो गीत गाउँछु’ बक्स अफिसमा हिट छन् । त्यस्तै ‘नाइँ नभन्नु ल ४’ बाटै नेपाली सिनेमामा डेब्यु गरेकी आँचलका लागि ‘जोनी जेन्टलम्यान’ दोस्रो सिनेमा हो ।

सिनेमामा पल र आँचलका अलावा विकास जोशी, जैन कुँवर, सन्तोष शिलवाल गिरीको पनि अभिनय छ । रुपेश थापा र रामशरण उप्रेतीको छायाँकन रहेको सिनेमामा पारसविक्रम शाह र देव महर्जनको द्वन्द, केशव थापा र प्रविन सिंहको नृत्य निर्देशन, महेश दवाडीको पटकथा र संवाद छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!