उपभोक्ताकर्मीको नजरमा अापूर्तिमन्त्री शिवकुमार मण्डल

चर्चा बटुले, काम केही गरेनन्

प्रेमलाल महर्जन, उपभोक्ता अधिकारकर्मी
आपूर्तिमन्त्री शिवकुमार मण्डलको अहिलेसम्मको काम कारबाही उल्लेखनीय हुन सकेको छैन । छोटो समयका लागि मन्त्री बन्नेहरूले केही गर्न सक्दैनन् । संक्षिप्त अवधिका लागि मन्त्री बन्नेहरूलाई केही गरेर देखाउँ भन्ने त लाग्दो हो, तर गर्न सकेको केही छैन । मन्त्री मण्डलले पनि एक तहमा चर्चा बटुलेका होलान्, तर ठोस काम गर्न सकेका छैनन् ।  सरकारी बेथिति खोज्नै दुई महिना लाग्ने र त्यसपछि सफाइ गर्न खोज्दा कार्यकाल सकिने भएकाले मन्त्री मण्डलबाट धेरै अपेक्षा राख्नुहुँदैन ।

निगम प्रमुखलाई कारबाही गर्नुपर्छ

भरतमोहन अधिकारी, पूर्वअर्थमन्त्री
दैनिक उपभोग्य वस्तुको आपूर्तिमा सहजता ल्याउनु र मूल्य नियन्त्रणमा ठोस भूमिका खेल्नु आवश्यक छ । अहिलेको मुख्य चुनौती भनेको पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद घोटालामा दोषी आयल निगम व्यवस्थापन र कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्नुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको अवस्था छ । संसदीय समितिको प्रतिवेदनले पनि दोषी देखाएर कारबाही गर्नु भनेको छ । -नयाँ पत्रिकाबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!