चुनाव अवलाेकनका लागि प्रमुख निर्वाचन आयुक्त मधेस झरे

काठमाडौं, भदौ ३० । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव अाजदेखि २ असोजसम्म मधेसका आठवटै जिल्ला भ्रमणमा निस्केका छन् ।

निर्वाचन आयोगका अनुसार स्थलगत भ्रमणमा जाने क्रममा डा. यादवले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल र निर्वाचनसँग सरोकार राख्ने व्यक्ति र समूहसँग छलफल र भेटघाट गर्नेछन् ।

निर्वाचन खर्च घटाऔँ : आयोग

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको सीमाको अधिकतम सीमा तोक्ने तयारी गरेको छ ।

राजनीतिक दलका प्रतिनिधिसँग शुक्रबार छलफल गर्दै प्रमुख निर्वाचन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले तोकेको सीमाभन्दा बढी खर्च गर्नु आचारसंहिता उल्लंघनसरह हुने बताएका थिए । उनले आयोगले तोकेकोभन्दा बढी खर्च गर्ने प्रवृत्ति देखिएको भन्दै राजनीतिक दल, उम्मेदवार निर्वाचनका सरोकारवाला सबै सचेत एवं जिम्मेवार हुनुपर्ने बताए ।

सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन आर्थिक अवस्थालाई ध्यान दिई कम खर्चमा निर्वाचन गराउन आवश्यक रहेको उल्लेख गरे । उनले खर्चको पारदर्शिताले राजनीतिक दललाई जवाफदेही र उत्तरदायी बनाउन मद्दत गर्ने भएकाले दलहरू तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण परिपालना गर्नुपर्ने बताए ।

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका प्रतिनिधिले राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको हद तोक्दा निर्वाचन क्षेत्रको आकार, जनसंख्या, बजार मूल्यसमेतलाई ध्यानमा राखी व्यावहारिक रूपमा तोक्न उपयुक्त हुने धारणा राखेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!