कांग्रेस नेता बिमलेन्द्र निधि भोट माग्दा-माग्दै बेहोस

काठमाडौं, भदौ ३० । नेपाली कांग्रेसका नेता एवम् पूर्व उप्रधानमन्त्री विमलेन्द्र निधि भोट माग्दा माग्ने क्रममा बेहोस भएका छन् । असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा निधि एक्कासी बेहोस भएका थिए । अत्यधिक गर्मी र भिडभाडका कारण निधिको स्वास्थ्य अवस्था बिग्रिएको थियो ।

उच्च रक्तचाप र मधुमेहका बिरामी निधिलाई गर्मीका कारण असहज भएर चक्कर आएपछि कार्यकर्ताहरुले सम्हालेका थिए। उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगिएको थियो । अस्पतालमा करिब एक घण्टासम्म स्वास्थ्यउपचार गरेपछि चिकित्सकले अवस्था सामान्य भएको भन्दै आराम गर्न सुझाव दिएका छन्। अहिले निधि अस्पतालबाट जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहेको आफन्तले जानकारी दिएका छन् ।

पछिल्लो एक सातादेखि निधि आफ्नो गृहजिल्लामा चुनावी माहौल बनाउन दिनरात सभा, गोष्ठी गर्दै आएका छन् । उनी घरदैलो कार्यक्रममा समेत सहभागि भएको हुनाले दौडधुप बढि नै भएर स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकले बताए । -अन्नपूर्णबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!