मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो

नवलपरासी, भदौ २९ । मालपोत कार्यालय कावासोतीका प्रमुखलाई उनको कार्यकक्षमै कालोमोसो दलिएको आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् ।

कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको कार्यकक्षमा जिल्ला जनपरिषद (जनसत्ता) नवलपरासी लेखिएको पर्चा भेटिएको थियो । पर्चामा मालपोत कार्यालयमा खुलेआम भष्टाचार बढेको, तीस लाखभन्दा बढी थैली घटाएर पुँजिगत लाभकर नलाग्ने गराएर जग्गा दलालबाट लाखौं रुपैयाँ रकम लिने गरेको उल्लेख गरिएको छ ।

इलाका प्रहरी कार्यालयका डिएसपी नविनराज राईका अनुसार आफूलाई विप्लव समूहको भन्ने युवाहरुले अभद्र व्यवहार गरेर फरार भएको र उनीहरुको खोजिकार्य भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!