मलेसियाको विद्यालयमा आगलागी हुँदा २५ को मृत्यु

भदौ २९ । मलेशियाको राजधानी क्वालालाम्पुरस्थित एक धार्मिक विद्यालयमा आगलागी हुँदा २५ जनाको ज्यान गएको छ ।

तहफिज दारुल कुरान इत्तिफाकियाको उक्त भवनमा  बच्चाहरु सुतिरहेको समयमा आगलागी भएकाले ठूलो हताहती भएको प्रहरीले जनाएको छ ।

घटनामा २३ बालबालिका र २ जना वार्डेनसहित २५ को ज्यान गएको प्रहरीले जनाएको छ ।

उक्त आगलागी २० वर्ष यता यो सबैभन्दा डरलाग्दो आगलागीको घटना भएको अधिकारीहरुले जनाएका छन् ।

इस्लामिक तहफिज विद्यालयहरु आवासीय हुन्छन् जहाँ विद्यार्थीहरुले कुरानको अध्ययन गर्दछन्।

मलेशियामा सन् २०१५ यता मात्र दुई सय वटा यस्ता आगलागीको घटना भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!