तराईमा किन गएनन् ओली चुनाव प्रचारका लागि ?

काठमाडौं, भदौ २९ । असोज २ गते हुने स्थानी तह तेस्रो चरणको निर्वानका लागि सबै
दल तथा दलका नेताहरुले चुनाव प्रचार प्रसारलाई तीव्र पारे । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल फोरम लोकतान्त्रिक, संघीय समाजवादी पार्टी, लगायत अन्य साना दलहरुले समेत तराईमा चुनाव जित्नका लागि निकै दौडधुप गरे ।

उसोतः नेकपा एमालेले पनि आफ्ना नेता तथा पार्टीका कार्यकर्ताहरुलाई चुनावी अभियानमा खटाएको छ । तर अध्यक्ष केपी शर्मा ओलीले भने चुनावी अभियानमा लागेनन् ।

२ नम्बर प्रदेशका ८ जिल्लाका विभिन्न ठाउँमा हुने चुनावी सभामा चुनाव प्रचार प्रसार गर्नका लागि आज अन्तिम दिन सबै दलका नेताहरु भने भोट तान्ने ध्याउन्नमा थिए । ठाउँ ठाउँमा भएका सभाहरुमा दलका नेता तथा कार्यकर्ता देखिए । तर एमाले अध्यक्ष शर्माले भने ठूलो सभा नभएको भन्दै तराई नै झरेनन् । उसोतः पहिलो र दास्रो चरणको स्थानीय निर्वाचनमा नेकपा एमाले पहिलो स्थानमा भएका कारण अध्यक्ष ओलीमा त्यो घमण्ड भएको पनि हो ।

‘जसरी नि पहिलो भइहालिन्छ, किन दुःख गर्नु ?’ केपीले यतिखेर दिवा सपना देखिरहेका छन् । त्यस्तै एमालेले केन्द्रिय स्तरबाट तराईमा चुनावी प्रचार प्रसारलाई त्यति महत्व दिएको पाइँदैन । किनभने जब चुनावको सगर्मी सुरु भएको थियो, त्यतिबेला नै पार्टीका वरिष्ठ नेताहरुलाई जनताले लखेटे, त्यसपछि एमालेलाई तराईको चुनावी माहोलमा भिज्न नै गाह्रो भयो । अनि त बहाना बनाएर बसिरहेको छ एमाले ।

शुक्रबार मध्यरातदेखि मौन अवधि सुरु हुने भएकाले सबै दलका नेता बिहीबार र शुक्रबार दिउँसोसम्म ठाउँठाउँका सभामा सहभागी भए, हुँदैछन् पनि । मौन अवधि शुरु भएपछि चुनावी प्रचार प्रसार लगायत गतिविधि गर्न पाईंदैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!