प्रदेश नम्बर–१ स्तरीय खुला ब्याडमिन्टन सुरु

तेह्रथुम, भदौ २९ । तेह्रथुमको म्याङलुङमा प्रदेश नम्बर–१ स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

‘पर्यटन प्रवद्र्धनका लागि खेलकुद’ भन्ने नारासहित आयोजित प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, भोजपुर, सुनसरी र मोरङका ३२ टिम सहभागी छन् ।

प्रतियोगितामा विजयी हुनेले ४० हजार रुपैयाँ, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!