युवालाई १० लाख निर्ब्याजी ऋण

बैतडी, भदौ २९ । जिल्ला युवा समितिले बैतडीमा दुईवटा युवा समूहलाई १० लाख बिना धितो निर्ब्याजी ऋण सहयोग गर्ने भएको छ ।

समितिले जिल्लाका ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गतका दुईवटा निर्वाचन क्षेत्रका एक–एकवटा समूहलाई पाँच÷पाँच लाखका दरले बिना धितो ऋण सहयोग गर्न लागेको हो ।

ऋण सहयोग प्राप्त गर्ने युवा उद्यम समूहमा क्षेत्र नं एकबाट लालीगुराँस बाख्रापालन समूह कोटपेटरा र क्षेत्र नं दुईबाट आशाकिरण व्यावसायिक बाख्रापालान समूह दशरथचन्द नगरपालिका रहेका जिल्ला युवा समितिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद्ले उद्यम कार्यक्रम सञ्चालनका लागि दश युवा ‘एक वडा एक उद्यम कार्यक्रम’अनुसार केही महिनाअगाडि सार्वजनिकरुपमा प्रस्ताव आह्वान गरेको थियो ।
ती समूहले काम सम्पन्न गरेपछि निश्चित अवधिपछि सो ऋणबापतको रकम सहकारीमार्फत फिर्ता गर्नुपर्ने छ । ऋण सहयोग मागेका समूहले आफूले लगेको सो रकम पाँच वर्षभित्र फिर्ता गरिसक्नुपर्ने र फिर्ता भएको रकम घुम्ती युवा कोषमा जम्मा हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!