डेनमार्कमा किराँतीहरु संगठित

कोपनहेगन, डेनमार्क । उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किराँतीहरु संगठित भएका छन् ।

आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो ।

अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्द्र राइ र कोषाध्यक्षमा नोफुङ इजम चयन भएका छन् । सदस्यहरुमा अश्विनी राइ, स्मृति राइ, रिस्ता राइ, जमुना राइ, सुनिल राइ, सन्जिव लिम्बु थेबे, दिवस लिम्बु थेबे, आयना सुब्बा र कला मोदेन अधिकारी रहेका छन् ।

सल्लाहकार संयोजकमा प्रतिक सुब्वा, बरिस्ठ सल्लाहकारमा डा।अमृत राइ र गुन्ज सुनुवार रहेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!